Sagun Khabar
संसारकै धेरै वायु प्रदूषण भएको देशमध्ये नेपाल आठौँ स्थानमा

काठमाण्डाै – विश्वका उच्च वायु प्रदूषण हुने देशहरूमध्ये नेपाल आठौँ नम्बरमा परेको छ । स्विट्जरल्यान्डमा रहेको 'आईक्यू एअर' नामको संस्थाले सार्वजनिक गरेको विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ अनुसार नेपाल आठौँ नम्बरमा परेको हो ।

'आईक्यू एअर' ले विश्वका एक सय ३४ वटा देशको हावाको गुणस्तर अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । गएको वर्ष सार्वजनिक भएको प्रतिवेदनमा नेपाल १६ औँ नम्बरमा थियो । सन् २०२३ मा नेपालको हावामा आँखाले नदेखिने धुलोको कण औसतमा ४२ दशमलव ४ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तो मात्रा सन् २०२२ मा ४० दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर थियो । प्रतिवेदनअनुसार एक वर्षमा नेपालको वायु प्रदूषण अझै खराब भएको हो । विश्व स्वास्थ्य सङ्गठनले हावामा आँखाले नदेखिने धुल कणको मात्रा वार्षिक औसत पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ । जसअनुसार नेपालको हावा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठ गुणा बढी प्रदूषित देखिएको छ ।

संसारकै सबैभन्दा प्रदूषित देशको पहिलो सूचीमा बङ्गलादेश परेको छ । धेरै वायु प्रदूषण हुने देशको सूचीमा दोस्रो स्थानमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा ताजकिस्तान र पाँचौँमा बुर्किना फासो रहेका छन् । यस्तै सन् २०२३ मा फ्रेन्च पोलिनेसिया सबैभन्दा स्वच्छ भएको देश बनेको छ । मरिसस, आइसल्यान्ड, ग्रेनडा, बर्मुडा, न्युजिल्यान्ड सबैभन्दा स्वच्छ हावा भएको देश बनेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update