Sagun Khabar
बैतडीमा एक पुरुष मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका–३ गैरागाउँका ४६ बर्षीय नरबहादुर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए । 

गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा बुधबार नौलीगाड भन्ने स्थानमा मृत फेला परेका थिए । स्थानीयहरुले बोहरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक जोशीले बताए । 
मानसिक अवस्था ठीक नभएका बोहरा गएको फागुन १९ गते पसल जान्छु भनि हिँडेका थिए । सोहीदिनदेखि हराइरहेका बोहरा मृत फेला परेका हुन् । 

घटनाका बिषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update