Sagun Khabar
बैतडीमा कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या 

बैतडी- बैतडीमा एक जनाले कोदालोले हिर्काएर आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका  वडा नं  ७ धामी गाउँका  ६२ वर्षिय कृष्ण धामीले कोदालोले हिर्काएर आफ्नै ५६ वर्षीया  श्रीमती पार्वती धामीको   हत्या  गरेका हुन्  । यस्तै  घरमा डेरा गरेर बसेका माथि पनि उनले हातपात  गरेका  बताइएको  छ ।

    घरमा डेरा गरेर  बसेका गाउँपालिकाका कर्मचारी सुबास कलौनी  र कार्यालय  सहयोगी  देव राज भट्टलाई पनि  कोदालोले हिर्काएका हुन् । कोदालोले हिर्काउँदा दुवै  कर्मचारी गम्भीर घाइते  भएका  जनाएको  छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

स्रोतका अनुसार  बिहीबार बिहान ९ बजे कृष्णले    कोदालो प्रहार गर्दा  गम्भीर   घाइते भएका तिनै जनालाई   उपचारका लागी  स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा श्रीमतीको बाटोमै  मृत्युु भएको हो ।    यस्तै   गम्भीर घाइते भट्ट र कलौनीलाई थप उपचारका लागी अन्यत्र लैजान सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाइएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

कोदालो प्रहार गर्ने धामीलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।   घटनाको  कारण खुलेको  छैन्  । घटनाबारे  थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको  छ। 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update