Sagun Khabar
बैतडीको मेलौलीमा प्रहरीको सार्वजनिक सुनुवाई 

बैतडी–जिल्ला प्रहरी कार्यालय बैतडीले शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय तस्वदेहीमा सार्वजनिक सुनुवाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट सम्पादन भएका कामहरुको बारेमा जानकारी दिनका लागि प्रत्येक तीन÷तीन महिनामा सार्वजनिक सुनुवाई गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

प्रहरीप्रति नागरिकको बुझाइ, नागरिकका गुनासा र आगामी दिनमा गर्नुपर्ने कामका बिषयमा छलफल गर्नका लागि सार्वजनिक सुनुवाई गरिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

मेलौलीमा आयोजना गरिएको सार्वजनिक सुनुवाई जनप्रतिनिधि, शिक्षक, प्राध्यापक र स्थानीय नागरिकको सहभागिता रहेको थियो । 

जिल्ला प्रहरी कार्यालयले अहिले सम्म सम्पादन गरेका कामहरुको बारेमा सार्वजनिक सुनुवाईमार्फत जानकारी दिइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराएका छन् । 

अपराध अनुसन्धानका साथै अपराधिक घटना हुन नदिनका लागि प्रहरीले सञ्चालनका बिषयमा जानकारी गराइएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले यसअघि जिल्ला सदरमुकाम र पाटनमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update