Sagun Khabar
विश्व क्षयरोग दिवस : सुदूरपश्चिमका स्वास्थ्यकर्मी बडाल सम्मानित 

बैतडी–विश्व क्षयरोग दिवसको अवसरमा सुदूरपश्चिमका एक जना स्वास्थ्यकर्मी सम्मानित भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीमा कार्यरत सिनियर ल्याब असिष्टेन्ट हिक्मतसिंह बडाल सम्मानित भएका प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले बताए । 

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ठिमी भक्तपुरमा शुक्रबार आयोजित कार्यक्रममा प्रशंसापत्रसहित बडाललाई सम्मान गरिएको हो । क्षयरोगको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको भन्दै केन्द्रले बडाललाई सम्मान गरेको हो । हरेक प्रदेशबाट क्षयरोग निवारणको क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मानित गर्दै आएको केन्द्रले सुदूरपश्चिमबाट सिनियर ल्याब असिष्टेन्ट बडाललाई सम्मानित गरिएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

बडाल विगत १२ बर्षदेखि क्षयरोग निवारणको क्षेत्रमा काम गर्दै आएका छन् । यस्तै संस्थागततर्फ लक्ष्मीनारायण क्षयरोग प्रेषण तथा उपचार केन्द्र कैलाली सम्मानित भएको छ । क्षयरोग निवारणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको केन्द्र सम्मानित भएको हो । 

हरेक बर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update