Sagun Khabar
बैतडीमा आगलागीबाट एक वृद्धा घाइते
स्वास्थ्य सन्देश
Atrya hospital

 बैतडी –बैतडीमा आगलागीबाट एक वृद्धा घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका –७ किम्तोलीकी ७८ बर्षीया लक्ष्मीदेवी विक जलेर घाइते भएकी हुन् । 

घर नजिकैको खरफागलामा आँफैले स्याउला जलाउने क्रममा भएको आगलागीबाट विक घाइते भएकी हुन् । शुक्रबार साँझको समयमा स्याउला जलाउने क्रममा भएको आगलागीले विकको शरीरको पछाडीको भाग जलेको छ । 

घाइते विकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । घाइते विकको अवस्था मध्यम रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update