Sagun Khabar
बैतडीको दानेश्वर माविमा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन 

बैतडी– बैतडीमा राष्ट्रिय वाणिज्य बैंकले विद्यार्थीहरुका लागि बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका १० स्थित दानेश्वर मावि बाराकोटमा विद्यार्थीहरुका लागि शुक्रबार बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । 

राष्ट्रिय वाणिज्य बैंक गोठलापानी शाखाले बालबालिकाहरुलाई बित्तीय शिक्षा दिनका लागि कार्यक्रम सञ्चालन गरेको राष्ट्रिय वाणिज्य बैंक गोठलापानी शाखाका प्रबन्धक दिपेन्द्रप्रसाद अवस्थीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

विद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिनका लागि कार्यक्रम सञ्चालन गरिएको उनले बताए । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बित्तीय शिक्षाका बिषयमा जानकारी होस र उनीहरुलाई सहज होस भनेर कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक अवस्थीले बताए । 

बित्तीय साक्षरताका बिषयमा प्रस्तुती राख्दै प्रबन्धक अवस्थीले बैंक तथा बित्तीय सचेतनासम्बन्धि जानकारी, बचत गर्ने बानीको विकास, बचतका फाइदा, भविष्यको बित्तीय योजना लगायतको बिषयमा जानकारी दिएका थिए । 
उक्त कार्यक्रममा बैंककातर्फबाट डायरी र कलम समेत वितरण गरिएको राष्ट्रिय वाणिज्य बैंक गोठलापानी शाखाले जनाएको छ ।  
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update