Sagun Khabar
बैतडीमा होलीको रौनक

बैतडी- बैतडीमा होलीको रौनक छाएको छ । यहाँका गाउँघर तथा सहरबजारमा आजभोलि होलीको रौनक छाएको हो । सुदूरपहाडमा भोलि होली भएपनि यहाँ चार दिन अगाडी ७ गते बाटै होलीको रौनक छ  । अहिले रङ र अबीरसंगै विभिन्न गाथाहरु गाएर स्थानीयहरु होली खेल्दै छन् । विभिन्न विद्यालय,क्याम्पस,  क्लब लगायतका विभिन्न समूहरुले होलीको आयोजना गरेर खेलीरहेका हुन् ।

संस्कृति संरक्षणका साथै मनोरञ्जनका लागि होली खेलि रहेका स्थानीय हर्कबहादुर पाण्डेले बताए । अहिले  घरपरिवार–साथीभाइ आपसमा रङ अबीरमा रङ्गिएर उल्लासपूर्वक होली मनाइरहेका उनले बताए ।संस्कृति संरक्षणका लागि होलीको आयोजना गरिएको सेटी गाउँ  बहुमुखि क्याम्पसका  स्वतन्त्र विद्यार्थी  युनियनका उप सभापति  बिरबहादुर  नाथले  बताए ।   एकआपसमा रंग र अबीर खेलेर मनाइने होली पर्वलाई रंगहरुको पर्व भनेर समेत भन्ने गरिन्छ । खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । वसन्त ऋतुको आगमनसंगै हुने होली पर्वले आत्मीयता, सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने गरेको स्थानीय अर्जुन देव भट्टले बताए ।

मानसखण्ड क्षेत्रमा नेपालको सुदूरपश्चिमदेखि भारतको कुमाउ गढवाल सम्म एकै किसिमको होली मनाउने प्रचलन समेत रही आएको छ । पहाडी जिल्लाहरुमा भोलि होलीको अन्तिम दिन चीरदाह गरेर होली समापन गरिन्छ भने तराईका जिल्लाहरुमा १२ गते  होली समापन गरिनेछ ।

सेफ हाउस सञ्चालनका लागि बैतडीको पाटनका जनप्रतिनिधि र कर्मचारीको होली
बैतडीको पाटन नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी मिलेर होली खेल्दै छन् । लैंङ्गिक हिंसा प्रभावीत राहत कोष प्रर्वद्धनका लागि जनप्रतिनिधी र कर्मचारी मिलेर होली खेलिरहेका हुन् । नगरप्रमुख  प्रमुख गौरी सिंह रावलको नेतृत्वमा पाटन नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी मिलेर होली खेलिरहेका छन् ।

होली खेलेर जम्मा भएको रकम लैंङ्गिक हिंसा प्रभावीत राहत कोषमा जम्मा गरिने पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले बताए । हिंसामा परेका महिलाहरुलाई सहयोग गर्न पाटनमा सुरक्षित आवास गृह संचालनमा रहेको छ । सुरक्षित अवास गृह सेफ हाउस सञ्चालन गर्नको लागि लैंङ्गिक हिंसा पीडित राहत कोष बनाईको छ ।

महिला हिंसा न्युनीकरण सम्वन्धि होली बनाएर खेलिरहेका जनप्रतिनिधिहरुले बताएका छन् । यसबाट  हिंसा न्युनीकरण सम्बन्धि जनचेतना फैलिनुका साथै उठेको रकमले सुरक्षित आवास गृह सञ्चालनमा  सहयोग पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ होली खेलेर अहिले  सम्म ४५ हजार  रकम संकलन भएको उपप्रमुख बोहराले  बताए ।  पाटनले जिल्लाभरका  हिंसा प्रभावित महिला सुरक्षित आवास गृहमा  राख्ने व्यवस्था गरेको छ ।

3e9e4b56-e955-4605-a689-53b4c766c59e-1711177635.jpeg
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update