Sagun Khabar
जथाभावी रुख काटेर विद्युतीय संरचनामा नफाल्न आग्रह 
तस्बिर :शुक्रबार चिल्लेपानी क्षेत्रमा विद्युतीय संरचनामा काटेर फालिएका रुख

बैतडी –जथाभावी रुख काटेर विद्युतीय संरचनामा नफाल्न नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले आग्रह गरेको छ । जथाभावी रुख काटेर विद्युतीय संरचनामा फाल्दा विद्युत लाइन अवरुद्ध हुने, विद्युतीय दुर्घटनाको जोखिम हुने भएकाले त्यसो नगर्न आग्रह गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

शुक्रबार चिल्लेपानी क्षेत्रमा रुख काटेर विद्युतीय संरचनामा क्षति पुर्याउँदा दिनभरी लाइन अवरुद्ध भएको थियो । यस्तै शनिबार बिहानै सदरमुकाम क्षेत्र नजिकै रुख काटेर विद्युत लाइन अवरुद्ध भएको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

दाउराका लागि स्थानीयहरुले काचो रुख काट्ने गरेको र ती रुखहरु विद्युतीय संरचनामा अड्किँदा विद्युतीय दुर्घटनाको जोखिम बढ्दै गएको पौडेलले बताए । 

रुखहरु काट्दा विद्युतीय संरचना भए÷नभएको एकीन गरेर मात्रै काट्न उनले आग्रह गरेका छन् । काचो रुखहरु काटेर विद्युतीय संरचनामा छुँदा करेन्ट लागेर मानवीय क्षति समेत हुन सक्नेतर्फ विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले सचेत गराएको छ । 

जथाभावी रुख काटेर विद्युत संरचनामा क्षति पुर्याएमा कानुनी कारवाही समेत हुने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताए । कसैले जानकारी बिना रुख काटी विद्युतीय संरचनामा क्षति पुर्याएको देखेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन समेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update