Sagun Khabar
बैतडीमा टिप्पर दुर्घटना 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीमा टिप्पर दुर्घटना भएको छ । खोड्पे–डडेल्धुरा सडकखण्ड अन्तर्गत पाटन नगरपालिका ८ तल्लो अनारखोलीमा टिप्पर दुर्घटना भएको हो । 

बिफ्याकटालबाट डडेल्धुरातर्फ जाँदै गरेको सु.प.प्र.०१००१ क २०१३ नम्बरको टिप्पर शनिबार दिउँसो ३ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 
टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको र टिप्परमा क्षति पुगेको बताइएको छ । 

टिप्परमा चालक दार्चुलाको लेकम गाउँपालिका १ बस्ने ४० बर्षीय अम्मर साउँद मात्रै रहेका र उनी सकुशल रहेका प्रहरी निरीक्षक केसीले बताए । उकालोमा ब्रेक नलागेपछि टिप्पर सडकबाट खसेको र चालकले हाम फालेर ज्यान जोगाएको बताइएको छ ।घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update