Sagun Khabar
घाँटीमा अण्डा अड्केर एक जनाको मृत्यु 

ओखलढुङ्गा –ओखलढुङ्गामा घाँटीमा अण्डा अड्केर एक जनाको मृत्यु भएको छ ।

उसिनेको अण्डा खाँदा घाँटीमा अड्केर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको मृत्यु भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

शुक्रवार साँझ ६ बजेको समयमा बरुणेश्वर रामपुरको एक होटलमा अत्यधिक मदिरा सेवन गरी अण्डा उसिनेर खानेक्रममा घाँटीमा अड्किएर श्वास फेर्न नसकेपछि उनको मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताए । 

भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक सिंहले बताए ।
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update