Sagun Khabar
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

हुम्ला– हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ मा शनिबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पाम्सा भन्ने ठाउँमा भएको दुर्घटनामा पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए ।

सु.प ०१००१ नम्बरको बोलेरो जिप आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । मृतकको पहिचान हुन बाँकी रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको हुम्ला प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update