Sagun Khabar
भीरबाट लडेर बैतडीमा एक बालिका घाइते 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–बैतडीमा भीरबाट लडेर एक बालिका घाइते भएकी छन् । जिल्लाको पुर्चौंडी नगरपालिका १० महरागाउँका लोकेश महराकी ८ बर्षीया छोरी भावना महरा लडेर घाइते भएकी हुन् । 

शनिबार बिहान ११ बजेतिर घर नजिकैको वनमा बाख्रा चराउन गएकी महरा लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । भीरबाट लडेकी महराको टाउको र दाहिने हातमा चोट रहेको उनले बताए । 

घाइते महराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update