Sagun Khabar
बैतडीमा एक किशोरी मृत फेला 

बैतडी –बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

घरभन्दा दुई सयमिटर टाढा रहेको बाँजको रुखमा झुण्डिएको अवस्थामा महरा फेला परेकी हुन् । शनिबार राति उनी झुण्डिएकी र आइतबार बिहानै झुण्डिएको देखेपछि प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक केसीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । मृतक महराको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । 

रौलेश्वर मावि कफलकोटमा कक्षा ११ मा अध्ययनरत महराले किन पासो लगाइन् भन्ने कुरा खुलेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update