Sagun Khabar
होली खेलेर सुनकोशी नदीमा नुहाउन जाँदा तीन बालबालिका बेपत्ता
स्वास्थ्य सन्देश
Atrya hospital

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । हिजो होली खेलेर नुहाउन नदीमा जाँदा उनीहरु बेपत्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा  त्रियुगा –१४ साउनेका ११  वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन ।

त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु हिजो दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन  । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी हरिनन्दन चौधरीले सुनकोशीमा बेपत्ता भएका बालबालिकाको  खोजी भैरहेको जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update