Sagun Khabar
भत्ता नमिलेको भन्दै जिल्ला अस्पताल बैतडीका डाक्टर ठुस्किए, ओपिडी सेवा ठप्प  

बैतडी- जिल्ला अस्पताल बैतडीका डाक्टरहरु अन्दोलित भएका छन् । अतिरिक्त समय काम गरेको भत्ता नमिलेको भन्दै उनिहरु आन्दोलित भएका हुन  ।

डाक्टरहरुले ओपिडी सेवा नै  बन्द गरेर  अहिले  अन्दोलन गरिरहेका छन् ।  डाक्टरहरु आन्दोलित भएर  ओपिडी सेवा बन्द हुँदा  सेवाग्राही  समस्या परेका छन् । अस्पताल प्रशासनलाई र व्यवस्थापान समितिलाई पटकपटक भत्ताका लागि जानकारी गराउँदा बेवास्ता गरेपछि आन्दोलित हुनु परेको जिल्ला अस्पताल बैतडीका दन्त चिकित्सक हरिश चन्द्र विष्टले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

 अहिले ओपिडी सेवा जिल्ला अस्पताल बैतडीका प्रमुख मेडिकल अफिसर सुसील विक एक्लैले हेरिरहेका बताइएको  छ ।  अरु सबै डाक्टर भने अतिरिक्त कामको भत्ताको माग गर्दै आन्दोलनमा छन् । मन्त्रालयले पठाएको रकम सबैलाई सामान तरिकाले अतिरिक्त कामको समयको भत्ता वितरण गरेको र केहि महिनाको मात्र बाँकी रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर सुशिल विकले बताए। थप रकमको लागि मन्त्रालयमा पहल भइरहेको समेत उनले  बताए ।

अहिले जिल्ला अस्पताल बैतडीमा एक जना जनर्ल फिजिसियन, एक जना अर्थोपेडिक सर्जन, एक जना बालरोग विशेषज्ञ, एक जना डेन्टल सर्जन, र ८ जना मेडिकल अफिसर गरि जम्मा १२ जना डाक्टर रहेका छन् । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका सचिवले समेत मौखिक रुपमा चिकित्सकहरुलाई काम गर्न र अतिरिक्त कामको भत्ताको लागि अस्पतालमा बजेट पठाउने भनेपनि चिकित्सकहरुले लिखित रुपमै परिपत्र गरेपछिमात्र सेवा दिने बताएका छन् । अतिरिक्त भत्ता चिकित्सकहरुको मात्र नभएर अस्पतालका सबै कर्मचारीहरुले नपाएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह डोवालले बताए। 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update