Sagun Khabar
बैतडीमा जबरजस्तीकरणी र सार्वजनिक कसुर मुद्दाका तीन फरार प्रतिवादी पक्राउ 

बैतडी – जबरजस्तीकरणी र सार्वजनिक कसुरविरुद्धको मुद्दामा फरार रहेका बैतडीका तीन जना प्रतिवादी पक्राउ परेका छन् । 

३ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडीको सिगास गाउँपालिका–३ बस्ने अमरसिंह धामी, मनोजसिंह धामी र सोही मुद्दामा ५ दिन कैद सजाय ठहर भई फरार रहेका राजेन्द्रसिंह धामीलाई सोमवार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले फेला पारी उनीहरुलाई पक्राउ गरिएको उनले बताए । 

फैसला कार्यान्वयनको लागि तीनै जनालाई जिल्ला अदालत समक्ष पेश गरिसकेपछि उनीहरुलाई कारागार चलान गरिएको प्रहरी निरीक्षक केसीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update