Sagun Khabar
बैतडीमा बजार अनुगमन : सचेत हुँदै व्यापारी र उपभोक्ता 

बैतडी –पछिल्लो समयमा बैतडीमा व्यापारी र उपभोक्ता सचेत हुन थालेका छन् । बजार अनुगमनका क्रममा व्यापारी र उपभोक्ता दुवै सचेत भएका पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले जानकारी दिए । 

गएको हप्ता जिल्लाको भारतसंग जोडिएको झुलाघाट बजारमा अनुगमन गर्दा व्यापारीहरु म्याद नाघेको सामग्री विक्रि गर्नु हुँदैन भनेर सचेत रहेका पाइएको उनले बताए ।यस्तै उपभोक्ताहरु पनि पहिलाको तुलनामा सचेत रहेका कठायतले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

झुलाघाट बजारमा १४ ओटा पसलमा अनुगमन गरिएको थियो । होटेल, किराना पसल र कपडा पसलहरुमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा संयुक्त बजार अनुगमन टोलीले अनुगमन गरेको कठायतले जानकारी दिए । 

यस्तै बैतडीकै सतबाँझ र सिउडेमा बजार अनुगमन गर्दा पहिलाको तुलनामा व्यापारीहरु सचेत भएका पाइएको छ । उक्त क्षेत्रमा २९ ओटा पसल अनुगमन गर्दा ३ हजार ८८० रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरि नष्ट गरिएको छ । 

पहिला पहिला बजार अनुगमन गर्दा हजारौं मूल्य बराबरको म्याद नाघेको सामग्री बजारमा पाइने गरेको भएपनि पछिल्लो समयमा सुधार आएको कठायतको दाबी छ । म्याद नाघेका सामग्री खरीद विक्रि गर्नु हुँदैन भन्ने बिषयमा उपभोक्ता र व्यापारी दुवै सचेत रहेका पाइएको कठायतले बताए । 

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र सुरक्षा निकायको सहभागितामा बजार अनुगमन गरिएको कठायतले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update