Sagun Khabar
पुर्चौंडी नगरपालिकाको नगरसभा सम्पन्न 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख दिपकबहादुर बमको अध्यक्षतामा मंगलबार नगरसभा तथा १४ औं अधिवेशन सम्पन्न भएको हो । 

नगरसभाले केही ऐन तथा कार्यविधि संशोधन गरेको छ भने केही नयाँ ऐन र कार्यविधिहरु पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

नगरसभाले मातृशिशु आकस्मिक सहायता कोष निर्देशिकालाई संशोधन गरेको छ । उक्त निर्देशिका संशोधन गर्दै गर्भवती तथा सुत्केरी आमाहरुका लागि नगर क्षेत्रभित्र निशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्ने निर्णय भएको छ । 

यस्तै नगरस्तरीय शिक्षक सेवा सञ्चालन कार्यविधि २०७५ लाई पनि नगरसभाले संशोधन गरेको छ । उक्त कार्यविधि संशोधन गर्दै नगरपालिकाभित्र नगर स्वयंसेवक शिक्षकहरुको व्यवस्थापन, बालविकास सहजकर्ताहरुको व्यवस्थापन र विद्यालय समायोजनका कुराहरु समेटेको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । 

यस्तै नगरसभाबाट विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि र पुर्चौंडी नगरपालिकाको आर्थिक सहायता ऐन पारित भएको छ । सम्झौता हुन नसकेका योजनाहरु संशोधन गर्ने निर्णय समेत नगरसभाले गरेको प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । 

नगरसभामा नगर प्रमुख बमका साथै उपप्रमुख मीना धानुक, वडा अध्यक्षहरु, नगरसभाका सदस्यहरु,कर्मचारी लगायतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update