Sagun Khabar
बैतडीमा भीरबाट लडेर एकजना घाइते 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –बैतडीमा भीरबाट लडेर एकजना घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं ४ बुढाकोटका ५१ बर्षीय धनबीरसिंह साउँद भीरबाट लडेर घाइते भएका हुन् । 

सिगास गाउँपालिका २ गाँजरीबाट आफन्तको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने क्रममा मंगलबार दिउँसो ४ बजेतिर इराना भन्ने ठाउँमा साउँद लडेका हुन् । बाटोबाट एक सयमिटर तल खस्दा साउँदको कम्मर, घाँटी र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

घाइते साउँदलाई बुधबार बिहान चारबजेतिर उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र उनको डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update