Sagun Khabar
ठुस्किएका  डाक्टर काम गर्न थाले, भत्ता नपाउँदा  सम्म  अतिरिक्त समयको काम नगर्ने

बैतडी- भत्ता नमिलेको  भन्दै  ठुस्किएका जिल्ला अस्पताल बैतडीका डाक्टर  काममा फर्किएका छन् ।  अतिरिक्त समय काम गरेको भत्ता नमिलेको भन्दै आन्दोलित डाक्टर मंगलबारबाट काममा फर्किका हुन् ।

८ महिना सम्म पनि भत्ता नमिलेको भन्दै डाक्टरहरु  आन्दोलित भएका थिए । आइतबार र सोमबार  ओपीडि सेवा बन्द गरेर  आन्दोलनमा उत्रेका डाक्टहरु नियमित कामकाजमा फर्किएका जिल्ला अस्पताल बैतडीमा कार्यरत अहेब देव सिंह रावलले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

बिरामीहरुको  चापलाई मध्यनजर गरेर आफुहरु काममा फर्किएका अस्पतालका दन्त चिकित्सक हरिश चन्द्र विष्टले बताए । लामो समयको भत्ता नपाउँदा आन्दोलनमा उत्रिनु परेको  र अहिले  पनि  आन्दोलन जारी रहेको  उनको  भनाई छ । भत्ता नपाउँदा सम्म  अतिरिक्त समयको काम नगर्ने समेत उनले  बताए  । रातको समयमा समेत बिरामीहरुको सेवामा खटिएका डाक्टरहरु भत्ता नपाएपछि आक्रोसमा छन् । अतिरिक्त भत्ता चिकित्सकहरुले मात्र नभएर अस्पतालका सबै कर्मचारीहरुले नपाएका बताइएको छ  ।

त्यसका लागि पहल जारी रहेको जिल्ला अस्पताल बैतडीका प्रशासन प्रमुख उमेश कुमार पन्तले  बताए ।  भत्ताका लागि मन्त्रालयमा पटकपटक पत्र पठाएको समेत उनले  बताए । अतिरिक्त समय काम गरेरको  भत्ताको माग गर्दै डाक्टरहरु  आन्दोलित भएको  कुरा अवगत गराएर फेरि पत्र पठाइएको  उनले   बताए ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update