Sagun Khabar
बैतडीको सुर्नयामा निःशुल्क एम्बुलेन्स सेवाले सहज

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा एम्बुलेन्स सेवा निःशुल्क सञ्चालन भएपछि नागरिकहरुलाई सहज भएको छ । गाउँपालिका भित्र दुई ओटा एम्बुलेन्स छन् । सो एम्बुलेन्सले अहिले सेवा दिइरहेका छन् । गर्भवती तथा सुत्केरी महिलाका लागि एम्बुलेन्स  सेवा निशुल्क रहेको र अन्यबाट कार्यविधि अनुसार शुल्क लिने गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महरा बताए ।

वडा नं ३ र ५ मा सञ्चालनमा रहेका एम्बुलेन्सबाट गर्भवती तथा सुत्केरी महिलाका लागि निशुल्क सेवा रहेको उनले बताए । डेड वर्षको  अवधीमा ५० जना जतिले निःशुल्क सेवा लिएका उनले बताए । पालिकाभित्रका स्वास्थ्य संस्थाबाट जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पताल सम्म गर्भवती तथा सुत्केरी महिलाहरुलाई लग्नुपरेमा निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने गरिएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्रसुती व्याथा लागेका आमाहरुलाई अन्यत्र रेफर गर्नुपरेमा,सुत्केरी अवस्थामा जटीलता आएर अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएमा उनीहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने गरिएको छ । यस्तै दुर्घटनाका गम्भीर घाइतेहरुलाई समेत निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने गरिएको हो ।

एउटा एम्बुलेन्स बाशुलिङ्ग स्वास्थ्यचौकीले सञ्चालन गरिरहेको छ भने अर्को रौलेश्वर स्वास्थ्यचौकीले सञ्चालन गरिरहेको छ । अन्यको हकमा भने एम्बुलेन्स व्यवस्थापन समितिले तोकेको भाडा अनुसार एम्बुलेन्स उपलब्ध गराउने गरिएको  स्वास्थ्य शाखा प्रमुख महराले  बताए ।

सुर्नया ३ स्थित बाशुलिङ्ग स्वास्थ्यचौकीको एम्बुलेन्स  नेकपा मावओवादी केन्द्रका नेता एवं पूर्व प्रदेश सभासदस्य प्रेम प्रकाश भट्ट आदित्यको   पहलमा उपलब्ध भएको  थियो  भने  समाजसेवी युवा रिजन मडैको पहलमा ॐ आदि  फाउण्डेसनले    वडा नं ५ मा रहेको रौलेश्वर स्वास्थ्यचौकीका लागि सहयोग गरेको  थियो ।  एम्बुलेन्स सेवाले  सहज भएको  स्थानीय  धर्मान्नद भट्टले  बताए ।  

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update