Sagun Khabar
बैतडीको पञ्चेश्वरमा एक बालिका मृत फेला 

बैतडी–बैतडीको पञ्चेश्वरमा एक बालिका मृत फेला परेकी छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका –१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन् । 

बुधबार बिहान विद्यालय गएकी सार्की घर फर्कने बेला नजिकैको खोलामा चिउरीको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी पञ्चेश्वर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष दिवान सार्कीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिताले किन झुण्डिएर आत्महत्या गरिन् भन्ने बिषय खुलेको छैन् । विद्यालयमा आज परीक्षाफल प्रकाशन भएको थियो । परीक्षाफल प्रकाशनपछि घर फर्केकी अस्मिताले बाटोमै आत्महत्या गरेकी हुन् । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । प्रहरी निरीक्षक केसीकै नेतृत्वमा घटनास्थलतर्फ प्रहरी टोली गएको छ । 

बैतडीमा पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । गएको शनिबारमात्रै दोगडाकेदार गाउँपालिका २ कफलकोटकी १७ बर्षीया पशुपति महराले पनि झुण्डिएर आत्महत्या गरेकी थिइन् । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update