Sagun Khabar
बैतडीको सुर्नयाका एक युवकको भारतमा मृत्यु 

बैतडी –रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीको सुर्नया गाउँपालिका घर भएका एक युवकको मृत्यु भएको छ । सुर्नया गाउँपालिका ८ मट्टे घर भई हाल भारतको पञ्जाबमा काम गर्दै आएका ३५ बर्षीय धनबीर साउँदको बुधबार मृत्यु भएको उनका आफन्त धनसिंह साउँदले जानकारी दिए । 

दुईदिन अगाडि गाडीको ठक्करबाट घाइते भएका साउँदको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । एक बर्ष अगाडि घरबाट रोजगारीका लागि पञ्जाब गएका साउँद उतै अस्ताएपछि घरपरिवारको विचल्ली भएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

मृतक साउँदका घरमा दुई छोरा र श्रीमती रहेका छन् । दुर्घटना कसरी भयो भन्ने बिषयमा समेत एकीन हुन नसकेको सुर्नया गाउँपालिका ४ घर भएका रामबहादुर महराले बताए । 

रोजगारीका लागि भारत गएका युवाको मृत्यु भएपछि अहिले गाउँ शोकमा डुबेको छ । कलिलो उमेरमै साउँदको मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो । 
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update