Sagun Khabar
एमाले मेलौलीको अधिवेशन चैत २५ मा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –नेकपा एमाले मेलौली नगर कमिटिको अधिवेशन चैत २५ गते हुने भएको छ । बुधबार बसेको नगर कमिटिको बैठकले चैत २५ गते अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको एमाले मेलौली नगर कमिटिका अध्यक्ष राजबहादुर चन्दले जानकारी दिए । 

बैठकले यही चैत २० गतेभित्र सदस्यता नवीकरण र अभिलेखीकरण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ । 

बैतडीमा एमाले जिल्ला अधिवेशन सकिएपछि पालिकाहरुको अधिवेशन सञ्चालन भइरहेको छ । पालिकाहरुमा भइरहेका अधिवेशनले नयाँ पालिका कमिटिहरु चयन गरिरहेको एमाले बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update