Sagun Khabar
एसईईको पहिलो दिन बैतडीमा १ सय २६ परीक्षार्थी अनुपस्थित 

बैतडी –बैतडीमा एसईईको पहिलो दिन १ सय २६ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका अनुसार नियमिततर्फका ६२ जना र ग्रेडवृद्धितर्फका ६४ जना परीक्षार्थी पहिलो दिन अनुपस्थित रहेका हुन् । 

अंग्रेजी बिषयको परीक्षामा नियमिततर्फका २४ जना छात्र र ३८ जना छात्रा गरी ६२ जना परीक्षार्थी अनुपस्थित रहेका छन् । यस्तै ग्रेडवृद्धितर्फका ३४ छात्र र ३० छात्रा गरेर ६४ जना अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज  शर्माले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीमा नियमिततर्फ २ हजार ३६३ छात्र र २ हजार ५१४ छात्रा गरेर ४ हजार ८७७ परीक्षार्थी रहेका छन् । यस्तै गे्रडवृद्धितर्फ ९४ छात्र र १ सय १६ छात्रा गरेर २ सय १० जना परीक्षार्थी रहेका सूचना अधिकारी शर्माले बताए । 

बैतडीमा २५ ओटा केन्द्रमार्फत एसईई सञ्चालन भइरहेका र पहिलो दिन शान्तपूर्ण रुपमा परीक्षा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । 

बैतडीमा दुई परीक्षार्थीहरुले सहयोगीमार्फत परीक्षा दिइरहेका छन् । गुजर माविमा अध्ययनरत एकजनाले कृष्ण मावि पाटन केन्द्र र निङ्गलाशैनी मावि देहीमाण्डौंका एकजना परीक्षार्थीले मणिलेक मावि गुरुखोला केन्द्रमा सहयोगीमार्फत परीक्षा दिइरहेका सूचना अधिकारी शर्माले बताए । उनीहरु दुवै जना आफूले लेख्न सक्ने अवस्थामा नरहेकाले सहयोगीमार्फत परीक्षा दिइरहेका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update