Sagun Khabar
बैतडीको दोगडाकेदारमा आँखा उपचार केन्द्र सञ्चालन 

बैतडी–बैतडीको दोगडाकेदारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । गाउँपालिकाको वडा नं ३ स्थित श्रीकोट स्वास्थ्यचौकीमा आजदेखि आँखा उपचार केन्द्र सञ्चालनमा आएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक जनक कलौनीले जानकारी दिए । 

आँखा उपचार केन्द्रको आज एक कार्यक्रमकाबीच गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले उद्दघाटन गरिन् । आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि अब आँखाका बिरामीहरुलाई सहज हुने उनले बताइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

आँखा उपचार केन्द्र सञ्चालनका लागि गेटा आँखा अस्पताल धनगढीले औजार उपकरणमा सहयोग गरेको जनस्वास्थ्य निरीक्षक कलौनीले बताए । आँखा उपचार केन्द्रमा जनशक्ति र अन्य भौतिक व्यवस्थापन पालिकाले गरेको उनले बताए । 

आँखा उपचार केन्द्रमा एकजना प्राविधिक कर्मचारी र एक जना सहायक कर्मचारी गरेर दुई जना खटाइएका छन् । 

आँखा उपचार केन्द्रमा आँखा सम्बन्धी आधारभूत उपचार हुने जनस्वास्थ्य निरीक्षक कलौनीले जानकारी दिए । श्रीकोट स्वास्थ्यचौकीमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसंगै दोगडाकेदार गाउँपालिकाका साथै आसपासका पालिकाका नागरिकहरुलाई समेत सहज हुने कलौनीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update