Sagun Khabar
बैतडीकी १७ बर्षीया पशुपतिको सुसाइड नोट– ‘पापाको ख्याल राख्नु है ममी...’

बैतडी–झुण्डिएर आत्महत्या गरेकी बैतडीको दोगडाकेदार गाउँपालिका २ कफलकोटकी १७ बर्षीया किशोरी पशुपति महराको सुसाइड नोट फेला परेको छ । 

सुसाइड नोटमा उनले आत्महत्याको कारण नखुलाएपनि आफन्तहरुले भने पशुपतिलाई आत्महत्या गर्न बाध्य बनाएको बताइरहेका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

डोटीका प्रकाश बलायरले पशुपतिलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई संवेदनशील अंग देखाउन लगाएको र त्यसपछि उनको चरित्र हत्या हुने गरेर म्यासेन्जरमा पठाउँदा उनले आत्महत्या गरेको मृतकका आफन्त प्रताप महराले बताए । 

शनिबार राति उनको चरित्र हत्या हुने गरेर संवेदनशील अंगसहितको फोटो र भिडियो गु्रपमा पठाएको देखेपछि पशुपतिले आत्महत्याको बाटो रोजेको परिवारजनको ठम्म्याइ छ । 

मृतक किशोरीको मोबाइल र सुसाइड नोट लगायतका सबै कुराहरुमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । उनको मोबाइल ल्याब टेस्टका लागि प्रहरी प्रधान कार्यालयमा पठाइएको उनले बताए । 

सुसाइड नोटमा पशुपतिले परिवार र इष्टमित्रहरुसँग क्षमा मागेकी छन् । आमा बुवाको स्वास्थ्यमा ख्याल गर्न भनेकी छन् भने भाईको गायक बन्ने सपना पुरा होस भन्ने कामना समेत गरेकी छन् । दुई पेज लामो सुसाइड नोटमा उनले आफ्नी ममीलाई पापाको ख्याल गर्नु भनेकी छन् । उनले लेखेकी छन् ‘मेरो पापाको ख्याल गर्नु ममी, पापा बिरामी हुनुहुुन्छ ।’ 
suscide-note-1-1711624956.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update