Sagun Khabar
शिवनाथका कर्मचारीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द,सामाजिक सञ्जालमा भ्रम फैलाउनेलाई कारवाहीको माग 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाका कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले बिहीबार एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालमा कार्यालय र कर्मचारीहरुमाथि आँच आउने गरेर भ्रमपूर्ण कुराहरु फैलाएका भन्दै आपत्ती जनाएका छन् । 

सामाजिक सञ्जालमा राष्ट्रसेवक कर्मचारीहरुको चरित्र हत्या गर्ने, कार्यालयको बदनाम गर्ने र भ्रमपूर्ण कपोल्कल्पित कुराहरु लेख्नेलाई कारवाहीको दायरमा ल्याउन माग गर्दै उनीहरुले सेवा बन्द गरेका हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

सामाजिक सञ्जालमा लेखिएका कुराहरु सत्य भएमा आफूहरु कानुनी कठघरमा उभिन तयार रहेको तर भ्रमपूर्ण कुरा फैलाएर चरित्र हत्या गर्ने कार्य स्वीकार्य नभएको कर्मचारीहरुले बताएका छन् । 

सामाजिक सञ्जालमा भ्रमपूर्ण कुराहरु लेख्नेलाई कारवाही नभएसम्म र कार्यालयमा कामको वातावरण नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको कर्मचारीहरुले जनाएका छन् । 

यस्तै शिवनाथ गाउँपालिकाले पनि सामाजिक सञ्जालमा लेखिएका भ्रमपूर्ण कुराहरुको निन्दा गरेको छ । गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद र उपाध्यक्ष शकुन्तला साउँदले एक विज्ञप्ती जारी गर्दै गाउँपालिकामा कार्यरत कर्मचारीहरुका बिषयमा लेखेका भ्रमपूर्ण कुराहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

सामाजिक सञ्जालमा भ्रमपूर्ण र कपोलकल्पित कुरा लख्नेलाई कानुनी कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

सामाजिक सञ्जालमा झुटा र भ्रमपूर्ण कुराहरु लेख्नेलाई कारवाही हुने बताउँदै अध्यक्ष र उपाध्यक्षद्वारा जारी विज्ञप्तीमा कर्मचारीहरुलाई जनताको सेवामा खटिएर काम गर्न आग्रह गरिएको छ ।   

Shivnath-final-1711633737.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update