Sagun Khabar
बैतडीको सिगासका दुई बालक ५ दिनदेखि बेपत्ता 

बैतडी –बैतडीको सिगास गाउँपालिका घर भएका दुई बालक पाँच दिनदेखि बेपत्ता रहेका छन् । सिगास गाउँपालिका वडा नं ४ बाँइभितर बस्ने भीम धामीका छोराहरु १० बर्षीय गणेश धामी र १४ बर्षीय हरिश धामी बेपत्ता रहेका हुन् । 

यही चैत १२ गतेदेखि दुवै जना दाजुभाइ बेपत्ता रहेका आफन्त योगेन्द्र धामीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

सिगास मावि कोटिलीमा अध्ययनरत दुवै जना प्रयोगात्मक परीक्षाका लागि विद्यालय जान्छु भनि हिँडेका र उतैबाट बेपत्ता भएका धामीले बताए । गणेशले कक्षा ४ को परीक्षा दिएका छन् भने हरिशले कक्षा ७ को परीक्षा दिएका छन् । 

चैत १२ गते राति बैतडीको ज्यापुस्थित एक होटेलमा बसेका उनीहरु १३ गते बिहानदेखि बेपत्ता भएका बताइएको छ । 

बेपत्ता भएका दुवै जनाले सिगास मावि कोटिली बैतडी लेखेको ट्रयाक सुट लगाएको धामीले बताए । उनीहरुलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय अथवा ९८६४३०४५९० नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update