Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिका नगर बस खरिद गर्दै 

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस खरिद गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको  बजेटबाट ३२ सिट क्षमताको नगर बस खरिद गर्ने भएको हो ।

नगर बस खरिदका लागि नगरपालिकाले  एक सूचना समेत जारी गरेको छ । नगर बस खरिद गर्नका लागि  बस उत्पादन गर्ने  कम्पनी र त्यसको आधिकारीक बिक्रेताको सूचितयार पार्नका लागि एक सूचना जारी गरेको नगरपालिकाले जनाएको  छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

सार्वजनिक खरिद ऐन र  सार्वजनिक खरिद क्याटलग कार्यविधिबाट बस खरिद प्रकृया सुरु गरेको  नगरपालिकाले बस उत्पादन गर्ने  कम्पनी र त्यसको आधिकारीक बिक्रेताहरुलाई  आवश्यक कागजात सहित ७ दिन भित्र निवेदन पेश गर्न सूचना मार्फत आह्वान  गरेको  छ । दशरथचन्द नगरपालिकाले गत वर्षमै ५५ लाख बजेट विनियोजन गरेर नगरब बस खरिद गर्ने योजना बनाएको  थियो ।

 तर अर्थ मन्त्रालयले संघीय अनुदानको पैसाबाट सवारी साधन खरिद नगर्न भनेपछि खरिद प्रकृया रोकिएको थियो । चालु आर्थिक वर्षमा बस खरिदका लागि ५१ लाख ५० हजार बजेट विनियोजन भएको नगर प्रमुख पुष्कर राज जोशीले बताए । चुनावी दौरानमा जनता समक्ष जनप्रतिनिधिहरुले नगर बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

जनप्रतिनिधिहरुले अभिभारा सम्हालेको  झण्डै दुई वर्ष पछि नगर बस खरिद प्रकृयामा गएको छ  । नगरपालिका बस खरिदको  प्रकृयामा गएपछि यहाँका नागरिकहरु पनि खुसि भएका छन् । जनप्रतिनिधिको चुनावी प्रतिबद्धताबाट नगरबसको प्रतिक्षामा बसेका  नगरबासीहरु नगरपालिका बस खरिद प्रकृयामा गएपछि अहिले खुसि भएका छन् । नगर बस सञ्चालनमा आए यहाँका नागरिकहरुलाई यात्रा गर्न सहज हुने छ ।

434244428_3134083986723188_7504645792888578233_n-1711695500.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update