Sagun Khabar
बैतडीमा  एसईई  परीक्षाको अनुगमन
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- बैतडीमा माध्यमिक शिक्षा परीक्षा एसईईको अनुगमन हुँदै छ ।   बिहीवार देखि सुरु भएको परीक्षालाई  मर्यादित बनाउन अनुगमन भैरहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको  छ ।  शुक्रबार जिल्लाको दोगडाकेदार गाउँपालिका र  दशरथचन्द नगरपालिकाका केहि  केन्द्रहरूमा अनुगमन गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थी, सहायक प्रमुख जिल्ला अधिकारी शंकर बोहरा, शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्राविधिक सहायक रामचन्द्र भट्टले परिक्षाको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा शान्त र मर्यादित रूपमा परीक्षा सञ्चालन भएको पाइएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए ।

 परीक्षा स्वच्छ ,शान्त र भयरहित वातावरणमा सञ्चालन भइरहेका उनले बताए । जिल्लाका अन्य परिक्षाकेन्द्रहरूमा पनि अनुगमन कार्य जारी रहेको बताइएको  छ। बैतडीका २५ ओटा केन्द्रबाट एसईई परीक्षा सञ्चालन छन् ।  यी केन्द्रहरुमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाइएको छ। यस्तै  केन्द्रहरुमा सुरक्षाकर्मी परिचालन गरिएका छन भने  माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समन्वय समितिका पदाधिकारीहरुले परीक्षाको अनुगमन गरिरहेका हुन् । बैतडीबाट ५ हजार ८७ परीक्षार्थी एसईईमा सहभागी छन्।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update