Sagun Khabar
बैतडीः दशरथचन्द नगरपालिकाको लोगोमा अछाम पञ्चदेवलको  तस्बिर राखेपछि...

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाको प्रतीक चिन्ह लोगोमा अछामको देवलहाटको तस्बिर राखिएको पाइएको छ । शहीद दशरथचन्द र नगरपालिकाको पहिचानसँग जोडिएका धार्मिक तथा पर्यटीयक क्षेत्र र इतिहास बोकेका विषयवस्तु समेटेर निर्माण गरिएको लोगोमा दशरथचन्द नगरपालिका ४ देवलहाटको भन्दै अछामको देवलहाटको तस्बिर राखिएको पाइएको हो ।

दनपाको लोगोमा रहेको  तस्बिर बैतडीको देवलको नभइ अछामको रहेको वडा नं ४ देवलहाटका स्थानीय उद्धव सिंह मार्कन्डले बताए । नगरपालिकाको लोगोमा अछाममा रहेको देवलहाटको तस्बिर राखिएपछि अहिले नगरपालिकाको  आलोचना समेत भैरहेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

दशरथचन्द नगरपालिकाले उक्त लोगो बनाएबाफत २५ हजार रुपैँया पुरस्कार समेत उपलब्ध गराएको थियो । नगरपालिकाको लोगो र दनपाको देवलहाटको तस्बिरमा निकै भिन्नता रहेको पाइएको छ । दनपाका युवाहरुले उक्त तस्बिर हटाएर बैतडीकै देवलहाटको  तस्बिर राख्नु पर्ने  बताएका छन् । यता नगरपालिकाले  भने यसबारे  बुझने बताएको  छ । 

अछाम पञ्चदेवलको  तस्बिर राखिएको  दनपाको   लोगो अहिले  सामाजिक सञ्जालमा भाइरलनै  बनेको  छ ।  बैतडीको दशरथचन्द नगरपालिकाले  गत चैतमा आफ्नो प्रतीक चिन्ह अर्थात ‘लोगो’सार्वजनिक गरेको थियो । झण्डै एक वर्ष पछि  उक्त लोगोमा अछामको  तस्बिर राखिएको  पत्ता लागेपछि अहिले  सामाजिक सञ्जाल  तताएको छ ।  

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update