Sagun Khabar
बैतडीका एक युवक भारतमा बेपत्ता 

बैतडी –बैतडी घर भएका एक युवक भारतमा बेपत्ता भएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं ३ मड घर भएका २९ बर्षीय रामदत्त कलौनी भारतको नयाँदिल्लीस्थित आनन्द विहारबाट बेपत्ता भएका उनका आफन्त गणेश भट्टले बताए । 

रोजगारीका लागि भारत गएका कलौनी गएको फागुन २३ गतेदेखि सम्पर्कविहिन भएका हुन् । फागुन २३ गतेदेखि उनले प्रयोग गर्दै आएको फोन स्वीच अफ रहेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

होटेलमा काम गर्दै आएका कलौनी पछिल्लो समयमा भने एक महिना अघिमात्रै रोजगारीका लागि भारत पुगेका थिए । भारत पुगेको ५ ÷७ दिनमै उनी बेपत्ता भएका बताइएको छ । 

कलौनी बेपत्ता भएको तीन हप्ता बितिसक्दा समेत सम्पर्क नआएपछि परिवारजन चिन्तामा परेका छन् । 

कलौनीलाई कसैले फेला पारेमा ९७६१४६५६३५ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ । भारतमा रहेका नेपालीहरुलाई कलौनीको खोजीमा सहयोगका लागि आग्रह गरिएको भट्टले बताए । 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update