Sagun Khabar
त्रिशुलीमा खस्यो ट्याक्सी, पाँच जनाको शव फेला  
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ –  चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिक  ट्याक्सी दुर्घटना भएको छ । ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी  त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको छ ।

आज बिहान सवा ७ बजेतिर  बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा दुईं पुरुष, दुईं महिला र एक बालिकाको शव फेला परेको तर पहिचान खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।  ट्याक्सी काठमाण्डौबाट गोरखा जाँदै गरेको खुलेको छ ।

घटनाका बिषयमा थप विवरण आउन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update