Sagun Khabar
एडुपलले एसईई दिइरहेका विद्यार्थीहरुलाई कलम र क्यालेण्डर वितरण गर्दै 

बैतडी–कैलालीको धनगढीस्थित एडुपलले एसईई दिइरहेका विद्यार्थीहरुलाई कलम र क्यालेण्डर वितरण गरिरहेको छ । 

लामो समयदेखि विभिन्न ब्रीज कोर्ष, लोकसेवा तयारी कक्षा र अन्य शैक्षिक क्रियाकलाप सञ्चाललन गरिरहेको एडुपलले कलम र क्यालेण्डर वितरण गरिरहेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

एसईई दिइरहेका विद्यार्थीहरुलाई ब्रीज कोर्ष लगायत अन्य बिषयमा समेत जानकारी दिनुका साथै कलम र क्यालेण्डर वितरणको काम भइरहेको एडुपलका बैतडी प्रतिनिधि प्रदीप जोशीले बताए । 

बैतडीका २५ ओटै केन्द्रमा पुगेर विद्यार्थीहरुलाई कलम र क्यालेण्डर वितरणको काम भइरहेको बताइएको छ । 

बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरुमा समेत कलम र क्यालेण्डर वितरणको काम भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update