Sagun Khabar
बैतडीमा हराएका दाजुभाइ फेला परे 

बैतडी – बैतडीमा हराएका दुई दाजुभाइ पाँचदिनपछि फेला परेका छन् । बैतडीको सिगास गाउँपालिका–४ का बेपत्ता भएका दुई बालक पाँच दिनपछि फेला परेका हुन् । चैत १२ गतेदेखि घरबाट विद्यालय जान्छु भन्दै हिडेका करिब १३ वर्षीय हरिश धामी र ९ वर्षीय गणेश धामी शनिबार बिहान आफन्तको घरमा पुगेका हुन् । 

हराएका दुबै बालक सिगास गाउँपालिका–१ मा रहेका आफन्त खडकसिंह धामीको घरमा शनिबार आफैं फर्किएर आएका प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

गएको सोमबार घरबाट हिडेका दुबै जना मंगलबार साँझ पाटन नगरपालिका–८ स्थित ज्याफूको एक पसलमा बसेका थिए । 

त्यहाँबाट भोलिपल्ट बिहानै भागेका दाजु–भाइ आफैं फर्किएर आएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update