Sagun Khabar
बैतडीको गुरुखोलामा आँखा शिविर, १ सय २६ जनाले लिए सेवा 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका –१ गुरुखोलामा आयोजना भएको शिविरमा १ सय २६ जनाले सेवा लिएका छन् । 

दशरथचन्द नगरपालिका वडा नं १ को कार्यालय गुरुखोलाको आयोजना र आँखा उपचार केन्द्र गोठलापानीको प्राविधिक सहयोगमा शनिबार वडा कार्यालयमा आँखा शिविर सञ्चालन गरिएको दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

आँखाको समस्या भएको नागरिकहरुलाई ध्यानमा राखेर शिविरको आयोजना गरिएको उनले बताए । शिविरमा आएका मध्ये २५ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । उनीहरुको जिल्लामा सञ्चालन हुने आँखा शिविरमा अप्रेशन गरिने वडा अध्यक्ष भट्टले बताए । 

शिविरमा स्थानीय नागरिकहरुले आँखाको चेकजाँच गर्नुका साथै अन्य परामर्शहरु समेत लिएका थिए । 
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update