Sagun Khabar
एमाले बैतडीको बैठक सम्पन्न, के –के भए निर्णय ? 

बैतडी –नेकपा एमाले जिल्ला कमिटि बैतडीको बैठक शनिबार सम्पन्न भएको छ । एमाले बैतडीका अध्यक्ष नरेश विकको अध्यक्षतामा भएको बैठकमा एमालेका पोलिट्ब्युरो सदस्य राजेन्द्रसिंह रावल प्रमुख अतिथी रहेका थिए । 

बैठकले २३ जनाको सचिवालय गठन गरेको छ भने यही चैत महिनाभित्र पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै बैठकले सदस्यता नवीकरणका बिषयमा पनि निर्णय गरेको छ । यसै महिनाभित्र सदस्यता नवीकरणको काम सक्ने र समय थप गर्नुपरेमा थप्ने निर्णय भएको उपाध्यक्ष भण्डारीले बताए । 

बैठकमा एमाले जिल्ला इञ्चार्ज निरु पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, केन्द्रीय सदस्य लिलाधर भट्ट लगायतको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update