Sagun Khabar
गुणस्तरीय शिक्षाका बिषयमा पाटनमा अन्तरक्रिया 

बैतडी– गुणस्तरीय शिक्षा तथा शैक्षिक नितिका बिषयमा पाटनमा अन्तरक्रिया गरिएको छ ।

पाटन नगरपालिकाको आयोजनामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिइ)को सहकार्य र भुमेश्वर सामुदायिक विकास संघको समन्वयमा बहस तथा अन्तरक्रिया कार्यक्रम  गरिएको हो ।

अन्तरक्रियामा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

अन्तरक्रियामा शिक्षाविद् प्राध्यापक डा.विद्यानाथ कोइरालाले सार्वजनिक शिक्षा सुधारका बिषयमा अन्तरक्रियामा जानकारी दिएका थिए । शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, अभिभावक र स्थानीय तहको समन्वयात्मक पहल हुनेपर्नेमा डा. कोइरालाले जोड दिए । 

सार्वजनिक शिक्षाको सुधारको लागि ‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’ले विभिन्न कार्यक्रम संचालन गर्दै आएको कार्यकारी निर्देशक राम गैरेले बताए  ।  

यस अभियानले राज्यसङ्ग समन्वय गर्दै शैक्षिक गुणस्तर सुधारको समन्वय गर्ने गरेको राष्ट्रिय अभियान नेपालका सचिव टेकराज अवस्थीले बताए । 

पाटन नगरपालिकाका सामाजिक विकास समिती सयोजक एवं वडा न ८ का वडा अध्यक्ष हरिश बिष्टले नगरपालिकामा रहेका सामुदायिक विधालयको समस्या समाधानको लागि नगरपालिकाको तर्फबाट हरसम्भव प्रयासहरु भइरहेको बताए । विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान देखि कक्षा मुल्यांकनलाई थप प्रभावकारी बनाउन काम भइरहेको अवगत गराए । वडास्तरीय र नगरस्तरीय परीक्षा संचालन गरिएको उहाको भनाइ थियो । शिक्षामा गुणस्तर सुधारको लागि नगरपालिकाले एकतर्फी सहयोगले मात्रै नहुने भएकाले सबैतिरबाट सहयोगको समेत अपेक्षा राखे ।  

यसैगरी विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेमसिंह भाटले विद्यालयको व्यवस्थापकीय पक्ष सुधार गर्नुपर्नेमा जोड दिए । कक्षा कोठाको सुधारसँगै अभिभावक शिक्षाको विकास गर्नुपर्ने भनाइ राखे । 

यसैगरी पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले शिक्षामा सुधार ल्याउनको लागि सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । सस्थागत विधालयबाट समेत शैक्षिक गतिविधिमा अनुभव साटासाट गर्न सकिने धारणा राखे । 

नगरप्रमुख गौरी सिंह रावलले प्रविधिमैत्री शिक्षाको लागि नगरपालिकाले पहल गरिरहेको अवगत गराए । 
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update