Sagun Khabar
पाटनमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको समिति गठन 

बैतडी –बैतडीको पाटनमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको नगरस्तरीय समिति गठन भएको छ । 

शनिबार सामुदायिक विद्यालयहरुको साझा छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको १० औं स्थापना दिवसको अवसरमा पाटनमा पालिका स्तरीय समिति गठन गरिएको महासंघका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रेमसिंह भाटले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

देवदत्त भट्टराईको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । उक्त समितिमा अहिले ९ जना रहेका र बाँकी सदस्यहरु मनोनित गरिने भाटले बताए । समितिको उपाध्यक्षमा निर्मला अवस्थी, सचिवमा दिवानसिंह बिष्ट, कोषाध्यक्षमा सरस्वती भट्टराई, सहसचिवमा मीनबहादुर चन्द लगायत अन्य सदस्यहरु रहेका छन् । 

दिवसकै अवसरमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका बिषयमा अन्तरक्रियाको समेत आयोजना गरिएको भाटले बताए । 

‘गुणस्तरीय शिक्षाका लागि विद्यालयमा सुशासन, जिम्मेवार र सक्षम विद्यालय व्यवस्थापन’ भन्ने मुल नाराका साथ २०७० सालमा स्थापना गरिएको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरुमा जिल्लास्तरीय समिति गठन गरिसकेको भने १५ वटा भन्दा बढी पालिकाहरुमा पालिकास्तरीय समिति गठन गरिसकेको जनाएको छ ।  

शैक्षिक सत्र २०८१ को शुरुवातसंगै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले ‘हामी सुधार्छौं, हाम्रो विद्यालय’ राष्ट्रिय अभियान संचालन गरेको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update