Sagun Khabar
गुणस्तरीय शिक्षाका लागि बैतडीको पुर्चौंडीमा अन्तरक्रिया 

बैतडी –गुणस्तरीय शिक्षाका लागि बैतडीको पुर्चौंडीमा आइतबार अन्तरक्रिया सम्पन्न भएको छ । 

पुर्चौंडी नगरपालिकाको आयोजनामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीआइ)को सहकार्य तथा भुमेश्वर सामुदायिक विकास संघको समन्वयमा बहस तथा अन्तरक्रिया सम्पन्न भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाको उपस्थितीमा अन्तरक्रिया सम्पन्न गरिएको हो । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाभरीका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरुसंग छलफल गरिएको पुर्चौंडी नगरपालिकाले जनाएको छ । 

अन्तरक्रियामा शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न उपायका बारेमा जानकारी दिएका थिए । 

नगर प्रमुख दिपकबहादुर बमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख मीना धानुक, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवर लगायतको सहभागिता रहेको थियो । 

अन्तरक्रिया तथा बहसले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास लिइएको छ । 

यसअघि शनिबार पाटनमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update