Sagun Khabar
हजार दिने आमाहरुलाई कोसेली 

बैतडी–बैतडीको पाटन नगरपालिकाले हजार दिने आमाहरुलाई कोसेली वितरण गरेको छ । नगरपालिकाको वडा नं ५ मा रहेका हजार दिने आमाहरुलाई पोषिलो खानेकुरासहितको कोसेली वितरण गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

आइतबार एक कार्यक्रमको आयोजना गरेर हजार दिने आमाहरुलाई प्रति आमा एक क्रेट अण्डा, एक केजी घिउ, ४ केजी कोदोको पिठो र सरसफाइका सामग्री वितरण गरिएको उपप्रमुख बोहराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

हजार दिने आमाहरुको स्वास्थ्य र पोषणका बिषयमा घरपरिवारलाई समेत सचेत गराउन पालिकाका तर्फबाट कोसेली प्रदान गरिएको उनले बताए । अन्य समयको तुलनामा हजार दिने आमाहरुलाई थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले नगरपालिकाले कोसेली प्रदान गरेको उपप्रमुख बोहराले बताए । 

कोसेली वितरण कार्यक्रममा उपप्रमुख बोहराका साथै वडा नं ५ का वडा अध्यक्ष फुनिसिंह बोहराको पनि उपस्थिती रहेको थियो । 

यस्तै वडा नं ५ अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ । वडाभरी रहेका १० जना महिला स्वयंसेविकाहरुलाई पानी छान्ने फिल्टरका साथै एक÷एक स्वेटर समेत प्रदान गरिएको उपप्रमुख बोहराले बताए । 

स्वास्थ्य क्षेत्र सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको उपप्रमुख बोहराले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update