Sagun Khabar
चोरी गरेको आरोपमा बैतडीका गोरख डडेल्धुरामा पक्राउ 

बैतडी –चोरी गरेको आरोपमा बैतडीका एक युवक डडेल्धुरामा पक्राउ परेका छन् । बैतडीको मेलौली नगरपालिका–९ रोकटा घर भएका २२ बर्षीय गोरखबहादुर चन्द पक्राउ परेका हुन् । 

चन्दले डडेल्धुराको भागेश्वर गाउँपालिका–३ तल्लोचौराहा लामिकाण्डेका हिक्मतसिंह खड्काको आशिष एण्ड आरुष किराना पसलमा चैत ११ गते चोरी गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक करबीर ऐरले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

चन्दले पसलको मूलढोकामा लगाएको ताला तोडफोड गरि नगद ४८ हजार र अन्य खुद्रा सर–सामानसहित ९५ हजार ५ सय बराबरको चोरी गरी फरार भएका थिए । 

चैत १६ गते पक्राउ परेका चन्दमाथि जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ऐरले बताए । 

चन्द चोरी सम्बन्धि कसुरमा २ वर्ष कैद भुक्तान गरि डडेल्धुरा जिल्ला कारागारबाट चैत ११ गते छुटेका थिए । उनले छुटेकै दिन फेरि चोरी गरेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update