Sagun Khabar
नौ बुँदे माग राख्दै स्ववियुले बुझायो जगन्नाथ क्याम्पसलाई ज्ञापन पत्र 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी–जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राख्दै क्याम्पसलाई ज्ञापन पत्र बुझाएको छ । नितीगत रुपमा स्वतन्त्र विद्यार्थी युनियनलाई क्याम्पसका विभिन्न गतिविधिहरुमा सहभागी गराउनुपर्ने स्ववियुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

आइतबार स्ववियु सभापति धनी भट्ट, कोषाध्यक्ष ममता भट्ट लगायतको टोलीले क्याम्पस प्रमुख डा.सुरेन्द्रकुमार बमलाई ज्ञापन पत्र बुझाएको हो । स्ववियुले बुझाएको ज्ञापन पत्रमा पाठ्यपुस्तकको व्यवस्थापन हुनुपर्ने, अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको सहभागिता बढाउनुपर्ने लगायतका कुराहरु उल्लेख गरिएको छ । 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएयता स्ववियुलाई क्याम्पसका कुनै पनि कार्यक्रममा नीतिगत रुपमा समावेश नगरेकाले ज्ञापन पत्रमार्फत क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको स्ववियु सभापति धनी भट्टले बताए ।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update