Sagun Khabar
एमाले दनपा वडा नं १ को वडा कमिटि अध्यक्षमा भाट 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –नेकपा एमालेको दशरथचन्द नगरपालिका वडा नं १ को वडा कमिटि अध्यक्षमा मदनसिंह भाट सर्वसम्मत चयन भएका छन् । सोमबार गुरुखोलामा सम्पन्न भएको वडा अधिवेशनले भाटको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि चयन गरेको हो । 

कमिटिको उपाध्यक्षमा भागरथी भट्ट, सचिवमा डम्मरदत्त भट्ट, उपसचिवमा जयबहादुर टेर र दिनेश टेलर चयन भएका सचिव डम्मरदत्त भट्टले जानकारी दिए । वडा कमिटिका अन्य सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन भएका सचिव भट्टले जानकारी दिए । 

पालिका अधिवेशनपछि दशरथचन्द नगरपालिकाका सबै वडामा वडा कमिटि चयन गर्ने प्रक्रिया भइरहेको एमाले दशरथचन्द नगर कमिटि अध्यक्ष मनोज बोहराले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update