Sagun Khabar
दनपाका ११ ओटै वडामा एमालेको वडा कमिटि गठन 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका अन्तर्गतका ११ ओटै वडामा नेकपा एमालेले वडा कमिटि गठन गरेको छ । सोमबार एकैदिन ११ ओटै वडामा वडा कमिटि गठन भएको एमाले दशरथचन्द नगर कमिटिका अध्यक्ष मनोज बोहराले बताए । 

नगर कमिटिमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसंगै वडाहरुमा पनि अधिवेशन सम्पन्न गरिएको एमाले दशरथचन्द नगर कमिटिले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

वडा नं १ मा मदनसिंह भाटको अध्यक्षतामा वडा कमिटि चयन भएको छ भने वडा नं २ मा ध्वजबहादुर थलालको अध्यक्षतामा वडा कमिटि चयन भएको छ । 

यस्तै वडा नं ३ को अध्यक्षमा राम नाथ, वडा नं ४ को अध्यक्षमा दुर्गादत्त बोगटी, वडा नं ५ को अध्यक्षमा मोहनराम लोहार र वडा नं ६ को अध्यक्षमा नरेन्द्रबहादुर चन्द सर्वसम्मत चयन भएका छन् । 

यस्तै वडा नं ७ को अध्यक्षमा बल्देव बडू, वडा नं ८ को अध्यक्षमा अमर थापा, वडा नं ९ को अध्यक्षमा हरिदत्त जोशी, वडा नं १० को अध्यक्षमा नरेन्द्रसिंह बिष्ट र वडा नं ११ को अध्यक्षमा करन चन्द चयन भएका छन् । 
११ ओटै वडामा सर्वसम्मत वडा कमिटि चयन भएको नगर कमिटि अध्यक्ष बोहराले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update