Sagun Khabar
ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै पहिलो पटक हिमाली घोरल देखियो 

बैतडी –बैतडीको ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै पहिलो पटक हिमाली घोरल देखा परेको छ । ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै रहेको मेलौली नगरपालिका वडा नं ४ तिताबैको बाँस गोद्याओढारको जंगलमा हिमाली घोरल देखिएको हो । 

हिमाली घोरल प्रायःजसो हिमाली क्षेत्रमा पाइने भएपनि कतैबाट छुट्टिएर आएको हुन सक्ने डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिपकुमार यादवले बताए । बच्चासहितको हिमाली घोरल ग्वाल्लेक संरक्षित वन क्षेत्र नजिकै देखिएको यादवले बताए । ग्वाल्लेक संरक्षित वन क्षेत्रमा १६ प्रकारका स्तनधारी प्रजाति पाइने भएपनि हिमाली घोरल पहिलो पटक देखा परेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

हिमाली घोरलको देखेपछि स्थानीयहरुले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा हालेका थिए । त्यसपछि डिभिजन वन कार्यालयका तर्फबाट उक्त क्षेत्रमा टोली पठाएको डिभिजन वन प्रमुख यावदले जानकारी दिए । 

गोठालो गएको बेला नयाँ वन्यजन्तु देखेपछि फोटो तथा भिडियो खिचेर आफूले सामाजिक सञ्जालमा हालेको स्थानीय मोहनबहादुर चन्दले बताए । मेलौली नगरपालिका वडा नं ४ र ७ को सीमा क्षेत्रमा रहेको जंगलमा हिमाली घोरल देखा परेको हो । गोठालो गएको बेला हिमाली घोरल देखा परेको चन्दले बताए । 

जंगलमा देखिएको हिमाली घोरलको संरक्षण गर्नुपर्नेमा चन्दले जोड दिए । गैरकानुनी  शिकार हुन सक्ने जोखिम रहेको उनले बताए । उनले भने ‘ग्वाल्लेक संरक्षित वनसंग जोडिएको वनमा हिमाली घोरल देखिएको छ । तर यसको संरक्षणका लागि सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।’

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update