Sagun Khabar
बैतडीकी एक महिला बेपत्ता 

बैतडी –बैतडीकी एक महिला बेपत्ता भएकी छन् । जिल्लाको पाटन नगरपालिका –१० सल्लेबासा घर भएकी २० बर्षीया माधवी भट्ट बेपत्ता भएकी हुन् । 

सोमबार बिहान घरबाट स्याउला काट्न गएकी माधवी बेपत्ता भएकी उनका आफन्त जयराज भट्टले जानकारी दिए । घरबाट स्याउला काट्न जान्छु भनेर हिँडेकी माधवीको मोबाइल, हसिया र डोरी घरबाट ३ सय मिटर पर फेला परेको भएपनि उनी कहाँ गइन् भन्ने कुरा खुलेको छैन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

सोमबारदेखि नै माधवीको खोजी कार्य जारी रहेको र अहिले सम्म फेला नपरेकी भट्टले बताए । उनको माइती दार्चुलाको काँडापारीमा पनि खबर गरिएको तर उनी त्यहाँ पनि नगएको पाइएको छ । 

घरबाट जाने बेला उनले रातो सुरुवाल र खैरो रंगको स्वीटर लगाएकी थिइन् । बेपत्ता माधवीलाई कसैले फेला पारेमा ९८४८४६१६१९ र ९८४८९८५४९४ नम्बरमा खबर गरिदिन आग्रह गरिएको छ । 

माधवी हराएको बिषयमा प्रहरीलाई समेत जानकारी गराइसकिएको भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update