Sagun Khabar
सुर्नया गाउँपालिकाले धान र मकैको बीउ अनुदानमा उपलब्ध गराउने 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले धान र मकैको उन्नत बीउ अनुदानमा उपलब्ध गराउने भएको छ । आगामी सिजनका लागि ५० प्रतिशत अनुदानमा धान र मकैको बीउ उपलब्ध गराउने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम अन्तर्गत किसानहरुलाई ५० प्रतिशत अनुदानमा धान र मकैको बीउ उपलब्ध गराइने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

५० प्रतिशत अनुदानमा धान र मकैको उन्नत जातको बीउ चाहिने इच्छुक किसान, कृषि सहकारी, कृषि फर्महरुलाई आवेदन दिन आह्वान गरिएको छ । आगामी वैशाख १ भित्र इच्छुकहरुले आवेदन पेश गर्नुपर्ने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए । 

धान र मकैको बीउ अनुदानमा चाहने कृषक, कृषि समूह, सहकारी, फर्म लगायतलाई आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत रोकाले बताए । 

धान धेरै फल्ने बेँसी क्षेत्रका किसानहरुलाई धानको बीउ र लेकाली क्षेत्रका किसानहरुलाई मकैको बीउ अनुदानमा माग गर्न आग्रह गरिएको छ । 
Surnya-1712042425.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update